नियम ४
मूल नियमावलीको नियम ५ मा संशोधन
मूल नियमावलीको नियम ५ को,–
(१) उपनियम (१) को खण्ड (घ) पछि देहायको खण्ड (ङ) थपिएको छ ः–
“(ङ) ऐनको दफा ७क. को उपदफा (३) बमोजिम रिक्त हुने पद माग गरी पठाइएकोमा
त्यस्तो पद रिक्त नहुँदै लोक सेवा आयोगबाट कर्मचारी सिफारिस भई आएमा ।”
(२) उपनियम (२) को प्रतिवन्धात्मक वाक्यांशमा रहेका ‘(क) र (ग)’ भन्ने शब्दहरुको सट्टा ‘(
क), (ग) र (ङ)’ भन्ने शब्दहरु राखिएका छन् ।